विद्यार्थीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

लोकपथ
0
Shares

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले रामपुर कृषि क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी कृषि क्याम्पस रामपुर चितवनमा अध्ययनरत विद्यार्थी दिनेश बाँनिया, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्यमाथि साङ्घातिक आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।
विश्वविद्यालयमा डर र त्रासको वातावरण सृजना गरी राजनीतिक आधार खडा गर्ने जोकोहीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने महामन्त्री भट्टराईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?