दुई जना मृतावस्थामा फेला

लोकपथ
0
Shares
प्रतीकात्मक तस्वीर ।

काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थली कुशलस्थित सडक नजिक नुवाकोट लिखुँ गाउँपालिका–४ बस्ने ५२ वर्षीय माइला पुतुवार आज मृत अवस्थामा फेला परेका छन् ।

उनी सोही ठाउँस्थित धर्मस्थली बस्ने मंगल पुतुवारकामा पाहुना लाग्न आएको बुझिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका–८ शङ्खादेवी बस्ने ४६ वर्षीय अजय आचार्य आफ्नै घरमा आज मृत फेला परेको र दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?