टेकसिंह धामी /धनगढी – आज (शुक्रबार) बसेको नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठकमा ओली पक्षका सांसद अनुपस्थित भएका छन् ।

सबैलाई खबर गरिएपनि ओली पक्षका सांसद कोही नआएको प्रदेशसभा सदस्य लालबहादुर खड्काले जानकारी दिए । प्रदेशसभा संसदीय दलको कार्यालयमा जारी बैठकमा ओली पक्षका सांसदहरू उपस्थित नभएपनि बैठकले एमाले संसदीय दलको विधान पारित गर्ने कार्यसूची थियो ।

५२ जना सांसद रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद छन्। तीमध्ये ओली पक्षमा ६ जनामात्रै छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया