सर्वोच्चका प्रस्तावित न्यायाधीशको नाम अनुमोदन

लोकपथ
0
Shares

काठमाडौं- सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ।

गत फागुन २८ गते उच्च अदालतका मुख्य न्यायाधीशद्वय चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेकोमा संसदीय सुनुवाइ समितिबाट उनीहरुको योग्यता, क्षमता र अनुभवका आधारमा नाम अनुमोदन भएको हो।

न्यायधीशद्वय चुडाल र सुवेदीसँग शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले छलफल गर्दै केहि प्रश्न राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?