चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् । चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधान बमोजिम मनोनित हुने उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो ।

गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रवार स्वागत गरे । चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनित गरेर सम्मान गरेको गोल्छाले बताए ।

२००५ साल साउन १५ गते जन्मिएका लोकमान्य गोल्छा प्रतिष्ठित व्यवसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष रहेका थिए । हाल उनका हंशराज हुलासचन्द एण्ड को , हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा छन् ।

गोल्छा २०२८ सालमा नेपाल चेम्बर अफ कमर्समा आबद्ध भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?