काठमाडौंमा एक वर्षमै हराउँछन् ८ हजार ८ सय मोबाइल फोन

काठमाडौं । मोबाइल आजभोलि अत्यावश्यक बस्तु जस्तै बनेको छ । हरेक मानिसको हातहातमा मोबाइल हुन्छ । कार्यलयका काम होस या व्यक्तिगत कुराकानी वा देश-विदेशमा रहेका आफन्तहरुसँग सम्पर्कको माध्यमका रुपमा मोबाइल अत्यावश्यक भइसकेको छ ।

मोबाइल कहिलेकाँही हराउन कुनै नौलो कुरा होइन । धेरै मानिसले मोबाइल हराइरहेका हुन्छन् । एक पटक सोचौं न सारा देश भरमा एक वर्षमा कति मोबाइल हराउँछन् होला त ? यसको एकिन तथ्यांक नभएपनि काठमाडौं उपत्यकामा भने मोवाइल हराएको उजुरीको चाङ छ ।

हराएको मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण « Nagarik Khabar

महानगरीय प्रहरी परिसर टेकुको तथ्याङ्कका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ मा ८ हजार ८ सय २९ वटा मोबाइल हराएको उजुरी दर्ता भएका छन् ।

उजुरी दर्ता भएका ८ हजार ८ सय २९ वटा मोबाइल मध्य १ हजार २ सय ३० वटा मोबाइल भेटेर सम्बन्धित मोवाइल धनीलाई बुझाएको परिसरले जनाएको छ ।

त्यस्तै गत आर्थिक वर्ष २०७६/७७ मा १२ हजार ५ सय ६७ वटा मोबाइल हराएको उजुरी दर्ता भएका थिए । ती मध्ये १ हजार ३ सय ८० मोबाइल सम्बन्धित धनीलाई बुझाइएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा भन्दा २०७७/७८ मा लकडाउनका कारणले मोबाइल हराएको उजुरी केही थोरै दर्ता भएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक रमेश चन्दले जानकारी दिए ।

मोबाइल हराएको उजुरी दर्ता कसरी गर्ने ?

मोबाइल हराएमा महानगरीय प्रहरी परिसर टेकुले उजुरी दर्ता गर्ने गरेको छ । परिसरमा आफै गएर मोबाइल हराएको उजुरी दर्ता गर्न सकिनछ । उजुरी दर्ता गर्न मोबाइलको आइएमईआई नम्बर र हराएको फोनमा भएको सिम कार्ड नम्बर टिपाउनु पर्ने हुन्छ ।

यस्ता छन् हराएका मोबाइल खोज्ने तरिका :

१.सबैभन्दा अघि गुगलको होम पेज खोल्नुहोस् । त्यहाँ जिमेल आईडी लगइन गर्नुहोस्, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी होस् ।

२. त्यसपछि गुगल सर्च बक्समा गएर ‘Where’s my phone?’ सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ ।

३. यस म्यापमा केही सेकेण्डमा नै आफ्नो मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ । यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु मेट्ने अप्सन पनि प्राप्त हुन्छ ।

४.मोबाइलमा रहेको १५ अंकको इन्टरनेश्सनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिफिकेसन अर्थात् आएमईआई नम्बर तपाईले सुरक्षित गर्नु भएको छ भने हराएको मोबाइल खोज्न सहज हुन्छ ।

के हो आईएमईआई नम्बर ?

‘इन्टरनेशनल मोबाइल इक्वीपमेन्ट आइडेन्टिटि नम्बर’लाई नै छोटकरीमा आईएमईआई नम्बर भनिएको हो । यो एउटा यस्तो खास नम्बर हो, जुन हरेक मोबाइल फोनमा सहजै देख्न सकिन्छ । यदी तपाईलाई आफ्नो मोबाइलको आईएमईआई नम्बर चेक गर्नुपर्यो भने *#06#डायल गरेर सहजै पत्ता लगाउन सक्नुहुन्छ ।

मोबाइलको आईएमईआई नम्बर दर्ता अाजदेखि अनलाइनबाट, कसरी थाहा पाउने नम्बर ? « Dainiki

यसरी कुनै पनि मोबाइलको आईएमईआई नम्बर पत्ता लगाउन सकिन्छ । सामान्यतया मोबाइल फोनको पहिचानको रुपमा यसको प्रयोग हुन्छ । यससँगै आईएमईआई नम्बरको जम्माजम्मी मूख्य दुई ओटा उपयोगिता छन् ।

अर्को भनेको मोबाइल हराएको अवस्थामा ट्र्याक गर्नका लागि यसको प्रयोग हुन्छ । यदी तपाईको मोबाइल हरायो अथवा चोरी भयो भने प्रहरीकहाँ उजुरी गर्न जाँदा तपाईसँग यो नम्बर मागिन्छ । प्रहरीले उक्त नम्बरलाई ब्ल्याक लिस्टमा राख्न समेत सक्छ ।

तर, प्राविधिक तयारी पुरा नभइसकेकाले नेपालमा भने यसका लागि केही समय अझै कुर्नुपर्ने छ । नेपाल दूरसञ्चार प्राधिकरणले तयारी गरिरहेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम–एमडीएमएस प्रणाली स्थापना भएको अवस्थामा जुन आईएमईआई नम्बर ब्ल्याक लिस्टमा राखियो उक्त मोबाइलमा कुनै पनि सिमकार्ड प्रयोग गर्न तथा कल गर्न र डाटा चलाउनमा मिल्ने छैन ।

वास्तमा अहिलेको अवस्थामा प्रहरीले के गर्छ भने मोबाइलको आईएमईआई नम्बर विभिन्न दूरसञ्चार कम्पनीलाई उपलब्ध गराउँछ र कुनै सिमकार्ड प्रयोग भएको अवस्थामा ट्रयाक गर्न लगाएर खोजी गर्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल ट्रयाकिङ सेवा सर्वसाधारणका लागि उपलब्ध गराएको छ।

आफूले चलाइरहेको कुनै पनि मोबाइल फोनको रिपोर्ट गर्न सकिने यस्तो प्रविधिबाट हराएको फोन यदि कसैले प्रयोग गरेको भए सहजै पत्ता लाग्ने भएको छ।

विश्वको जुनसुकै देशमा बनेको फोन भएपनि नेपाल ल्याएर त्यसमा सिम हालेर एकपटक चलाएपछि उक्त फोनको रेकर्ड टेलिकम कम्पनीहरु तथा प्राधिकरणमा तथ्यांक हुने र सोही आधारमा ट्रयाकिङ गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ।

यदि कुनै पनि प्रयोगकर्ताको फोनसेट हराएपछि उसले प्राधिकरणको सिस्टममा रिपोर्ट गरेपछि उक्त फोनको ट्रयाक हुन्छ। त्यसरी सहजै भेटिने छ। https://eir.nta.gov.np/main/individual/track मा गएर फोन हराएका व्यक्तीले निवेदन दिनसक्ने छन्।

कसैले मोवाईल फोनसेट भेट्टाउनु भएको छ भने तुरुन्त जसको फोनसेट हो सोही व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा प्राधिकरणमा जानकारी गराई फिर्ता गर्न सक्नु हुनेछ ।

तर यदि कसैले त्यस्तो भेट्टाएको फोन सेट संबन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्रि गरेको वा कसैले खरिद गरेको पाईएमा सहजै मोबाइल ट्रयाकिङ गर्न सकिने भएकोले कानुन बमोजिम कानुनी कारवाही हुन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?