सुदूरपश्चिममा ६६ जनाको पीसीआर परीक्षण गर्दा ३१ जनामा कोरोना

धनगढी । सुदूरपश्चिमका थप ३१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । आज शुक्रवार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला ६६ जनाको परीक्षण गर्दा झण्डै ४७ प्रतिशत अर्थात ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

धनगढी उपमहानगरपालिकाका २५ जना, घोडाघोडी नगरपालिकाका दुई जना, चुरे गाँउपालिकाका एक जना, टीकापुर नगरपालिकाका एक जना, डोटीको बडिकेदार गाँउपालिकाका एक जना र कञ्चनपुरको भीदत्तदत्त नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत रहेको श्रेष्ठले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?