नेपालमा एकैदिन थपिए ८३६ कोरोना संक्रमित, ४ जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा आज थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ८२ हजार ८९० पुगेको छ ।

त्यस्तै थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा तीन हजार ७० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ सय ८ जना कोरोनामुक्त हुँदा नेपालमा दुई लाख ७४ हजार ८१२ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।

हाल ५ हजार ८ जना आइशोलेशनमा र ७७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २३ लाख ३५ हजार ८४ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?