कर्णाली प्रदेशमा जोगियो मुख्यमन्त्री शाहीको पद

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगिएको छ ।

उनले कर्णाली प्रदेश सभामा विश्वासका लागि राखेको प्रस्तावको पक्षमा बहुमत आएसँगै उनको पद जोगिएको हो ।

उनको पक्षमा २२ मत परेको छ । भने उनको विपक्षमा १५ मत परेको हो । कुल ४० मतमध्ये ३७ जनाले मतदान गरेका थिए । तर ३ जना सांसदहरु भने सभामा उपस्थित थिएनन् ।

माओदावी केन्द्रको १२ मत कायम रहेको र नेपाली कांग्रेसले ६ मत दिएसँगै उनको पक्षमा १८ मत रहेको थियो । तर नेकपा एमालेकै माधवकुमार नेपाल पक्षका ४ जना सांसदहरुले उनको पक्षमा मत दिएका दिएका थिए ।

अल्पमतमा परेपछि मुख्यमन्त्री शाहीले आज बसेको कर्णाली प्रदेशको प्रदेश सभा बैठकमा विश्वासको मत मागेका थिए ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलि नेकपा नेतृत्वको सरकार गठन भएको थियो । तर फागुन २३ गते सर्वोच्च अदालतले पार्टी पूर्ववत् रुपमा फर्किएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

यसैक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले सरकारका आफ्नो दलको तर्फबाट सम्पूर्ण अर्थात ६ जनाको मत दिने घोषणा गरेका थिए ।

मतदानपश्चात कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले निर्णयार्थ प्रस्तुत गर्दै मुख्यमन्त्री शाहीको पद जोगिएको जानकारी गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?