कर्णालीमा मुख्यमन्त्रीलाई कांग्रेसको साथ

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारलाई साथ दिएको छ ।

अल्पमतमा परेपछि शुक्रवार बसेको कर्णाली प्रदेश सभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेका थिए ।
बैठकलाई सम्बोधन गर्दै कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारको पक्षमा मत जाहेर गरेको बताए ।

आफूहरु केहि समयसम्म पनि तठस्थ बस्ने भने पनि केन्द्रले पनि पर्खि भनेपनि आफूहरुले तठस्थ नबस्ने दाबी गरे ।

नेता शाहीले आफूले सत्ताको लोभको लागि नभइ कमजोरलाई हालेको बताए ।

हाल कर्णाली प्रदेशमा ४० जना सांसदहरु रहेका छन् । जसमध्ये २० जना एमालेका रहेका छन् । त्यस्तै माओवादी केन्द्रको १२, नेपाली कांग्रेसको ६ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ जना सांसदहरु रहेका छन् ।
जसमध्ये कांग्रेसको साथ पाएसँगै मुख्यमन्त्री शाहीको पक्षमा १८ जना सांसदहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?