कोरियन स्टील निर्माता कम्पनीले म्यानमार सैनिकसँगको सम्झौता रद्द गर्ने

काठमाडौं । दक्षिण कोरियाली स्टील निर्माताले आज (शुक्रवार) म्यानमारका सैन्य नियन्त्रित फर्मसँग संयुक्त लगानी अन्त्य गर्ने योजना बनाएको बताएका छन । साझेदारी लगानीले त्यहाँका सैन्य नेताहरूलाई फाइदा पुगेको भन्दै संयुक्त लगानी अन्त्य गर्ने योजना बनाएको बताएका हुन् ।

स्टील निर्माता कम्पनीले सैन्य नेताहरूले म्यानमारमा हिंसा दबाएको आरोपका कारण सो निर्णय लिएको बताएका छन् । मानव अधिकारकर्मीहरूले विश्वका धेरै कम्पनीहरुलाई सेनालाई आर्थिक सहयोग अन्त्य गर्न दवाब दिइरहेका छन् । संयुक्त राज्य सरकारले सैन्य समान सैन्य–नियन्त्रण समूह, म्यानमार इकोनोमिक कर्पोरेशनमा प्रतिबन्ध लगाएको छ ।

पीओएससीओ एण्ड सीसी (POSCO C&C) दक्षिण कोरियाली स्टील उत्पादन गर्ने पीओएससीओ (POSCO) को एक सम्बद्ध कम्पनी हो जसले स्टील पाता निर्माण गर्दछ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ आशा छ कि यसको इस्पात व्यवसायले “म्यानमारमा जीवनको वातावरण सुधार गर्न र देशको अर्थतन्त्रलाई सहज बनाउन सहयोग पुर्‍याउनेछ।“

गत फेब्रुअरी १ म्यानमारको सैनिकले निर्वाचित सरकारविरुद्ध सैनिक कू गरेपछि त्यहाँ भएको प्रजातान्त्रिक प्रदर्शनमा सेनाले गाली चलाउँदा बालबालिका सहित ७ सय भन्दा बढीको ज्यान गएको छ ।
– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?