त्रिकोणात्मक सिरिजको उपाधिमाथि नेपालको आँखा

लोकपथ
0
Shares

आर्जब घिमिरे-काठमाडौं । बजाज पल्सर ट्राई नेशन सिरिज स्ट्रेन्थ पार्टनर शिवम् सिमेन्ट नाम गरिएको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट शृंखला शनिवारबाट त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुँदैछ ।

नेपाल लगायत नेदरल्याण्ड्स र मलेसिया सहभागी हुने सिरिज नेपाली राष्ट्रिय क्रिकेट टोलीको पहिलो घरेलु त्रिकोणात्मक टी-ट्वान्टी शृंखला हो।

अप्रिल १७-२४ सम्म संचालन हुने यो प्रतियोगिता डबल रोबिन प्रणालीमा खेलिने छ । पहिलो खेलमा भोलि नेपाल र नेदरल्याण्ड्स आमने सामने हुँदै छन् । सन् २०१५ मा नेदरल्याण्ड्स भ्रमणमा गएको नेपाली टोलीले ४ टी-ट्वान्टी आईको शृङ्खलामा ३-१ को हार व्यहोरेको थियो । तर पछिल्ला ५ खेल हेर्दा नेपाल र नेदरल्याण्ड्सले समान २-२ खेल जितेका छन् ।

मलेसियासँग भने नेपालको प्रदर्शन अहिले सम्म बलियो नै साबित भएको देखिन्छ । यी दुई टोली भिड्दाको तथ्याङ्क हेर्दा सर्वाधिक रन कर्तामा पारस खड्का र सर्वाधिक विकेट टेकरमा सन्दीप लामिछानेका नाम देखिन्छन् । चोटका कारण पारस यस टी-ट्वान्टी शृंखलाबाट बाहिरिएपछि अण्डरडग कहलिएको मलेसिया क्रिकेट टोलीको समभावना पनि राम्रो देखिन्छ । नेपालले गत वर्ष एसीसी इस्टर्न रिजन टी-ट्वान्टी प्रतियोगितामा मलेसियासँग २२ रनको हार बेहोरेको थियो।

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्न पाहुना टोलीहरू गत मंगलवार नै नेपाल आइसकेका छन् । यो प्रतियोगिता विश्वभरिका १४१ देशमा प्रत्क्षय प्रसारण हुन लाग्दा नेपाली क्रिकेट जगतको लागि ठूलो अवसर सृजना भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?