पारसले त्रिकोणात्मक सिरिज नखेल्ने

लोकपथ
0
Shares

आर्जब घिमिरे-काठमाडौं । शनिवारदेखि शुरु हुन लागेको ‘बजाज पल्सर ट्राई नेसन्स सिरिज स्ट्रेन्थ पार्टनर शिवम् सिमेन्ट’ बाट पारस खड्का नखेल्ने भएका छन् । १५ जनाको बन्द सत्रमा रहेका पारसले आज अभ्यासको क्रममा आफ्नो काँधमा चोट बोकेका कारण उनले सिरिज नखेल्ने भएका हुन् ।

फिजियो टोलीसँग उपचार पछि उनले टिम होटल पनि छाडी सकेका छन् । नेपाल क्रिकेट संघ (क्यान) बाट औपचारिक बयान भने आउन बाँकि नै छ।

नेपालले सिरिजको पहिलो खेलमा भोलि (शनिवार) नेदरल्यान्ड्ससँग खेल्दैछ ।

नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।

नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

क्यानले घोषणा गरेको नेपाली टिम :

ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी,सुशन भारी,शाहब आलम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?