बैंकको कर्जा प्रवाह तीव्र : प्रणालीलाई दवाब

काठमाडौं । पछिल्लो समय बैंकहरुको कर्जा तीव्र गतिमा कर्जा लगानी वृद्धि गरिरहेका छन् । बैंकहरुले चैत महिना १ खर्ब ६१ अर्ब कर्जा प्रवाह गरेका छन् भने चैतमा १ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन् ।

बैंकहरुको चैत महिनासम्मको निक्षेप भन्दा ४४ अर्ब बढी कर्जा विस्तार भएको छ । चालु आर्थिक वर्षको चैतमा वाणिज्य बैंकहरुले ४ खर्ब ५७ अर्ब निक्षेप संकलन गरेर ६ खर्ब ७० अर्ब बढी कर्जा प्रवाह गरेका छन् ।

९ महिनाको अवधिमा बैंकरुले निक्षेप संकलन भन्दा २ खर्ब १३ अर्ब बढी कर्जा परिचालन गरेका छन् । त्यस्तै,चैत मसान्तसम्म गतेसम्ममा वाणिज्य बैंकहरुले ३९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ३५ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

प्रणालीमा दवाब पर्दै

अघिल्लो फागुनदेखि महामारीको रुपमा शुरु भएको कोरोना भाइरस‘ कोभिड ’१९’ का कारण लकडाउन हुँदा बैंकिङ प्रणालीमा २ सय अर्ब रुपैँया तरलता थुप्रिएको थियो ।

त्यतिबेला लगानी गर्न नपाएका बैंकहरुले पछिल्लो समय आक्रमक रुपमा लगानी विस्तार गरिरहेका छन् । बैंकहरुको तीव्र लगानीका कारण बैंकिङ प्रणालीमा दवाब पर्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत समान्तसम्म बैंकिङ प्रणालीमा ४८ अर्ब ८४ करोड तरलता छ ।

यो तरलता हरेक दिन घट्दै गइरहेको छ । जसले गर्दा प्रणालीमा परिरहेको छ । तरलतामा दबाब पर्न थालेपछि अन्तर बैंक ब्याजदर पनि बढेको छ । चैत मसान्तसम्म अन्तर बैंक ब्याजदर ५.५८ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रणालीमा तरलता कम हुने वित्तिकै राष्ट्र बैंकले व्यवस्थापन गर्ने भएकाले बैंकहरुले अहिले ब्याजदर घटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?