हामीले युद्ध जित्यौँ, अमेरिकाले हार्‍यो : तालिवान

अफगानिस्तान- बख्ख जिल्लाको तालिवानी छाया मेयर हाजी हेकमतले अमेरिका विरुद्धको तालिवानी युद्ध आफुहरुले जितेको र अमेरिकाले हारेको बताएका छन् ।

‘अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बरमाबाँकी रहेका अमेरिकी सेनाहरू फिर्ता लिन ढिलाइ गर्ने निर्णयले उनीहरुले युद्ध हारेको प्रष्ट हुन्छ । यद्यपी हामी अझै लड्न तयार छौं । लड्दा लड्दै अमेरिका थाक्नेछ तर हामी तालिवानी थाक्ने छैनौँ । हामी फेरी जित्नेछौं ।’ हेकमतले भने ।

‘हामी कुनै पनिचीजको लागितयार छौं’,हाजी हेकमत भन्छन्। “हामी शान्तिकालागि पूर्ण रूपमा तयार छौँ, र हामी जिहादको लागि पूर्ण रूपमा तयार छौँ।’

उनको छेउमा बसिरहेको एक सैन्य कमाण्डर अझै भन्छन्, ‘जिहाद उपासनाको काम हो। पूजा भनेको त्यस्तो चीज हो, यद्यपि तपाईँ जेसुकै गर्नुहुन्छ, तपाई पनि थाक्नुहुन्न।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?