काठमाडौं । लामो प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं आइपुगेको छ ।
लगभग २९ वर्षको पर्खाइपछि गत चेत २५ काठमाडौंमा मेलम्चीको पानी विधिवत रुपमा उद्घाटन गरिएको छ ।
२०४८ सालमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने योजना बनाएका थिए । तर यत्रो समय बितिसक्दा पनि विभिन्न कारणहरुले गर्दा काठमाडौं बासिहरुले पानी उपभोग गर्न पाएका थिएनन्।
यसरी पानी आउँदा काठमाडौंबासी हर्षित भएका छन् । काठमाडौंमा कोठा भाडामा बस्ने देखि यहाँका बासिन्दा पानीको अभावमा निकै सास्ती खेप्दै आइरहेका थिए । मेलम्चीको पानीले काठमाडौंबासी खुसी त भए सँगसँगै मेलम्चीको पानीले समस्या पनि निम्त्याएको छ ।
पानी आएको एक हप्ता बित्न नपाई विभिन्न ठाँउबाट ढल फुटेर पानी बाहिर निस्केर जान थालेको काठमाडौंबासीको गुनासो छ । ढल साघुँरो भएर पाइप फुटेको कारण यस्तो भएको स्थानीयबासी बताउँछन् । उपत्यकाको सडकमा मेलम्चीको पानी आएपछी मात्र २६०० भन्दा बढी खाल्डाखुल्डी भएको देखिएको पाइएको छ ।
यसरी पानीको पाइप बिचबिचमा फुटेर दुर्गन्धित पानी हिलो निस्कँदा पैदलयात्रुहरुले सास्ती खेप्नु परिरहेको छ । यस्तो समस्याको समाधान सम्बन्धित निकायले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ। सडक विभागका अनुसार सुन्धारादेखि भोटाहिटी जमल नारायणगोपाल चोक, तिनकुने कोटेश्वर, माइतीघरदेखि थापाथलीसम्म ढल सडकमा आइपुग्ने गरेको पाईएको छ। यसैगरी गौशलादेखि जयबागेश्ररी ,लैनचौर सोह्रखुट्टेमा पनि ढल तथा पानी चुहिने समस्या बढी पाइएको छ ।
यता केयुकेएलले भने पानीको महशुलमा थप ५० प्रतिशत शुल्क जोडेर ढल मर्मत शुल्क उठाउने गरेको छ । स्थानीयबासीको सहमतिमा नै ढल बनाएको रमेलम्चीको पानीको मात्रा ठुलो भएकोले पाइपहरुले थेग्न नसकेको केयुकेएलले जनाएको छ। त्यस्तै यसको व्यवस्थापन र नियन्त्रणका उपायहरु अवलम्बन गर्ने केयुकेएलले प्रतिवद्धता जनाएको छ ।
मेलम्चीको पानी ल्याउने क्रममा इन्जिनियर सतिस गोइन र राधाकृष्ण थापाले ज्यान गुमाएका थिए । अब बर्षायाम आउँदै गर्दा ढल निकास राम्रो नहुँदा झन समस्या पर्ने स्थानीय बासीको गुनासो रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया