काठमाडौंं । कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
कर्णाली प्रदेश एमाले संसदीय दलका नेता एमलाल कँडेलको घरमा बैठक बसी एमाले सांसदहरुलाई त्यस्तो निर्देशन दिइएको हो ।
शुक्रवार (आज) २ बजे बस्ने कर्णाली प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । आजको बैठकमा आफ्ना सांसदहरुलाई मुख्यमन्त्रीविरुद्ध मतदान गर्न निर्देशन दिइएको स्रोतले बताएको छ ।
यता मुख्यमन्त्री शाहीले भने आजको बैठकबाटै विश्वासको मत लिने दाउमा देखिएका छन् । कर्णाली प्रदेश सरकारकाविषयमा के गर्ने भन्ने विषयमा छलफल गर्न यता नेपाली कांग्रेसले समेत छलफल थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया