२०७८,बैशाख,२९,बुधबार

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो : आठ जनाको मृत्यु


काठमाडौं । अमेरिकाको इन्डियानापोलिस शहरमा हिजो बिहीवार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरुले एक व्यक्तिले स्वचालित बन्दुकबाट गोली चलाएको र धेरै राउन्ड फायर गरेको बताएका छन् ।

प्रहरीले गोली चलाउने व्यक्ति पनि मारिएको बताएका छन् ।

एक प्रत्यक्षदर्शी जेरेमी मिलरले स्थानीय विस–टिभीलाई प्रतिक्रिया दिँदै एक व्यक्तिले स्वचालित राइफलबाट गोली चलाएको देखेको बताएका छन् ।

प्रहरी प्रवक्ता जेनी कूकले पत्रकारहरुसँग कुरा गर्दै प्रहरी तत्कालै घटनास्थलमा पुगेको र कारबाही थालेको बताइन् । उनले भनिन्, गोली चलाउने व्यक्तिले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रहरीले उक्त गोलीकाण्डमा धेरै व्यक्तिलाई गोली लागेको र घाइतेहरुलाई तत्कालै अस्पताल पुर्‍याइएको जनाएको छ ।

फेडेक्सका एक प्रवक्ताले कार्यालयमा गोली चलेको र आफूहरुले प्रहरीलाई मद्दत गरिरहेको जानकारी दिए ।

सामान ढुवानी गर्ने फेडेक्स कम्पनीको इन्डियानापोलिसमा मात्र चार हजारभन्दा बढी मानिसले काम गर्दछन् ।

गत महिना पनि दक्षिणी क्यालिफोर्नियामा भएको यस्तै आक्रमणमा एक बच्चासहित चार व्यक्तिको गोली लागेर ज्यान गएको थियो । मार्च २२ मा पनि कोलोराडो राज्यको बाउल्डरमा गोली चल्दा १० जनाको मृत्यु भएको थियो ।

संयुक्तराज्य अमेरिकामा हरेक वर्ष गोली लागेर झण्डै ४० हजार व्यक्तिको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् । यीमध्ये आधाभन्दा बढी गोली चलाएर आत्महत्या गरेका घटना छन् ।

संयुक्तराज्य अमेरिकामा बन्दुकको नियमन गर्ने बारेमा राजनीतिक तहमा निकै ठूलो बहस हुने गरेको छ, तर बन्दुक राख्ने बारेमा कडा कानुनको अभावमा यसको गलत प्रयोग बढ्दो छ ।

राष्ट्रपति जो बाइडेनले यसै महिना छ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनको भनाईमा यी व्यवस्थाले अमेरिकामा बन्दुकसँग सम्बन्धित हिंसा कम हुनेछन् ।

प्रकाशित मिति: २०७८,बैशाख,३,शुक्रवार १३:३६


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । इजिप्टले सुएज नहरको दक्षिणी भागलाई अझ फराकिलो र गहिरो बनाउने योजना अगाडि सारेको छ । गत मार्चमा यस

ढाका । चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप ढाका आइपुगेको छ । बंगलादेश वायुसेना (बिएएफ) को

काठमाडौं । भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधवार ५.८ म्याग्नीच्यूडको भूकम्प गएको छ । फिलिपिन्सको भूकम्प मापन

काठमाडौं । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको महामारीका कारण विश्वभर ३३ लाख ३१ हजार व्यक्तिको मृत्यु