प्रचण्डको आरोप : ‘देशको नेतृत्व गरिरहेकै व्यक्तिबाट राष्ट्रहित विपरित काम भइरहेका छन्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको नेतृत्व गरेका व्यक्ति नै राष्ट्र हितविपरित लागेको आरोप लगाएका छन् ।

शुक्रवार बिहान बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित गर्दै त्यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यस्ता गतिविधिका कारण नेपाल र नेपाली जनताको इज्जत प्रतिष्ठा र राष्ट्रिीय स्वाधिनतामा प्रश्न उठेको टिप्पणी गरे ।

‘देशमा तानाशाही र निरंकुश शक्ति पूरै परास्त भएका छैनन् । उनीहरूको नेपाल र नेपालीविरुद्ध षडयन्त्र चलि नै रहेको छ । हिजोआज समाचार हेर्नुभयो भने देशलाई बन्धकी राख्ने, राष्ट्रहितविपरीत गतिविधि गर्ने काममा स्वयम् सरकारको नेतृत्व गर्ने प्रमुख व्यक्तिहरू लागेका खबर आएका छन् ।’ प्रचण्डले भने- ‘यसले नेपाली जनताको इज्जत, प्रतिष्ठा र आत्मसम्मान तथा राष्ट्रिय स्वाधिनतामाथि प्रश्नचिन्ह खडा गर्ने दुस्साहस भएको छ ।’

राष्ट्र हित विपरित लाग्ने शक्तिहरु भएपनि त्यसलाई सफल बनाउन नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?