तोलामा ९० हजार नाघ्यो सुनको मूल्य, आज कति बढ्यो ?

काठमाडौं । शुक्रवार (आज) नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ८ सय रहेको थियो । त्यस्तै आज सुनको मूल्य तोलामा ८ सयले वृद्धि भइ प्रतितोला छापावाला सुन ९० हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९० हजार रहेको छ ।

बिहीवारको तुलनामा शुक्रवार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बृद्धि भएको छ । बिहीवार चाँदीको मूल्य १२ सय ९० रहेको थियो भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १३ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?