युरोपा लिग : म्यानचेस्टर युनाइटेड र आर्सेनल सेमीफाइनलमा

लोकपथ
0
Shares

काठमाडौं । युईएफए युरोपा लिग अन्तर्गत गए राति खेलिएको सबै क्वाटर फाइनलका दोस्रो लेगको खेलहरुबाट इंग्ल्याण्डका म्यानचेस्टर युनाइटेड र आर्सेनल सेमी फाइनल प्रवेश गरेका छन् । अन्य खेलबाट स्पेनको भिल्लारियल र इटालीको ए एस रोमाले पनि सेमी फाइनलको यात्रा पक्का गरेका छन् ।

No description available.

आर्सेनलले चेक गणतन्त्रको स्लाविया प्रागलाई ४-० गोलले पराजित गरेर अन्तिम चरणमा प्रवेश गरेको हो। गर्नसकालागि लकाजेट, साका र पेपेले पहिलो हाफमै ३ गोल गरेका थिए। कप्तान आउबामियाङलाई मलेरिया लागेको पुष्टि हुँदा आर्सेनल आफ्नो कप्तान बिना नैं खेलमा उत्रेको थियो।

No description available.

उता म्यानचेस्टर युनाइटेडले पनि स्पेनको ग्रानाडा माथि २-० गोल अन्तरको जीत निकालेको छ। ६औं मिनेटमा एसिन्सन कावानीको गोलबाट अग्रता लिएको युनाइटेडले दोस्रो गोल ग्रानाडाको डिफेन्डर जिसस भालेहोको आत्मघाती गोल स्वरूप उपहार पाएको थियो।

सेमीफाइनल खेलमा म्यानचेस्टर युनाइटेडले ए एस् रोमासँग भिडन्त गर्ने छ भने आर्सेनलले आफ्नो पुराना प्रशिक्षक उनाई एमरीलाई भिल्लारियलको प्रतिस्पर्धामा भेट्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?