रु रु जलविद्युतको आईपीओ बाँडफाँड, ३७ हजार ९ सयले पाए १० कित्ता

लोकपथ
0
Shares

काठमाडौं । रु रु जलविद्युत परियोजनाले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भक्एको छ । आज विहान बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा रु रु को आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरिद आवेदन परेको थियो। जसमध्ये ८ हजार ५३५ आवेदन रद्द भएका छन् भने बाँकी १५ लाख ९० हजार ८९६ आवेदन स्वीकृत भएका छन्।

स्वीकृत आवेदनमध्ये न्यूनतम १० कित्ताका दरले ३७ हजार ९१६ जनालाई शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ। अर्थात भाग्यमानी ३७ हजार ९ सय १६ जना आवेदकले कम्पनीको १० कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?