बिहीवार साँझ परेको चट्टयाङ लागेर चार जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । बिहीवार साँझ आएको हावाहुरीसहित परेको चट्टयाङ लागेर ४ जनाको मृत्यु भएको छ । चट्टयाङ लागेर मृत्यु हुनेमा बाग्लुङको तारखोला गाउँपालिका–२ सिलेका ४५ वर्षका खिमलाल कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनको धौलागिरी अस्पतालमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको थियो ।

यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका–५ की ३९ वर्षकी ईश्वरी लामिछानेको पनि चट्टयाङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

यसैबीच, भोजपुरको षडानन्द गाउँपालिका–८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्टयाङ लागेर मृत्यु गएको छ। त्यस्तै तेह्रथुमको, छ थर गाऊपालिका ६ असिने बस्ने ९ वर्षीया बालिका रोहिता मगरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?