जापानको निर्णयप्रति चीनको असन्तुष्टि

लोकपथ
0
Shares

एजेन्सी । समुन्द्रमा आणविक भट्टीको प्रदुषित पानी फाल्ने जापानको निर्णयप्रति चीनले असन्तुष्टि जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले जापानले आणविपक भट्टीबाट निस्कने दुषित पानी फालेको भन्दै यसमा सम्वेदनशील बन्न जापानलाई आग्रह समेत गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको प्रति चीन र दक्षिण कोरियाले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरे ।

चीन र दक्षिण कोरियाले एक दिन पहिले सामुद्रिक मामिला सम्वाद र सहयोग संयन्त्रको बैठक आयोजना गरेर समुद्रमा फोहोर पानी फालिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।दुवै पक्षले समुद्रमा आणविक फोहोर पानी निकाल्ने जापानको ‘एकपक्षीय’ निर्णयको बविरोध गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?