२०७८,बैशाख,२९,बुधबार

सीमा नाकामा फेरि होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी


काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण गर्न बेलहिया नाकामा पुनः होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी थालिएको छ । नेपाल–भारत सीमा हुँदै नेपाल आउने यात्रुलाई स्वास्थ्य परीक्षण र व्यवस्थापन गर्न बेलहियामा रहेको अध्यागमन कार्यालय र त्यहाँको खाली जमिनमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले हाल सञ्चालनमा रहेका हेल्थ डेस्क आवश्यक जनशक्ति र स्थानको अभावले प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेकाले होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । ‘आवश्यकताअनुरूपको जनशक्ति तयार गरी चाँडै होल्डिङ सेन्टर सञ्चालन गर्ने तयारीमा जुटेका छौं, उनले भने, ‘होल्डिङ सेन्टर यात्रुलाई सहज र प्रभावकारी हुने गरी सञ्चालनमा ल्याइनेछ ।

हाल सञ्चालनमा रहेका हेल्थ डेस्कमा भारतबाट नेपालतर्फ आउने सबै यात्रुको ज्वरोसमेत मापन हुन सकेको छैन । हेल्थ डेस्कमा आवश्यकताअनुरूपको जनशक्ति नहुनु र पर्याप्त स्थानको अभावले भारतबाट आएका एक जना यात्रुको ज्वरो मापन र विवरण राख्दा यात्रुको ठूलो भीड जम्मा भइसक्ने र १०–१२ जना यात्रु बिनापरीक्षण नेपाल प्रवेश गरिसक्ने स्थिति छ ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार प्रदेश र संघ सरकारको समेत सहयोगमा सञ्चालनमा ल्याउन लागिएको होल्डिङ सेन्टरमा यात्रुलाई विश्राम गराइनेछ । सबै यात्रुको कोभिडको संक्रमणको सामान्य लक्षण र ज्वरो मापन गरिनेछ । शंकास्पद यात्रुको तत्कालै त्यहीं अर्को कोठामा स्वाब परीक्षण गरिनेछ ।

संक्रमित यात्रुलाई अवस्था हेरी अस्पताल, क्वारेन्टाइन, होम क्वारेन्टाइन वा सम्बन्धित पालिकामा खबर गरी जिम्मा लगाइने तयारी पनि छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति: २०७८,बैशाख,३,शुक्रवार ०८:५७


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतााललाई सरकारबाट ‘ए’ ग्रेडको मान्यताप्राप्त बिध ल्याबले दुई हजार थान एक्सट्रयाक्सन किट सहयोग

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको मलामीमा २५ जना सहभागी पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

काठमाडौं । काठमाडौंमा कोरोनाको सक्रिय संक्रमितको संख्या ३० हजार ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५