लुम्बिनी प्रदेश सरकार धरापमा, मुख्यमन्त्रीविरुद्ध ४२ जना सांसदको हस्ताक्षर

लोकपथ
0
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमाले इतरका राजनीतिक दलहरू अविश्वास प्रस्तावको कसरतमा जुटेका छन्।

मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट बिदाई गर्ने पर्ने निष्कर्षसहित कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अविश्वासका प्रस्ताव दर्ताका लागि अन्तिम टुंगोमा पुग्नेगरी कसरत थालेका हुन्।

मुख्यमन्त्री पोखरेललाई सरकारको नेतृत्वबाट हटाउने अन्तिम निर्णयमा पुगिसकेका यी दलहरूले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षरसमेत संकलन गरिसकेका छन्। एमालेका ४१ सांसदबाहेक ४२ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षरसमेत गरिसकेको स्रोतले बताएको छ। उक्त हस्ताक्षर आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई बुझाइएको र यो हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रदेशसभामा रहेका कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादी पार्टीका ५ र राष्ट्रिय जनमोर्चाका एक सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरिसकेका छन्। यो संख्या प्रदेशसभाको कुल सांसद संख्याको अल्पमत नै हो। मुख्यमन्त्रीविरुद्ध बहुमत जुटाउनका लागि थप एक सांसदको आवश्यकता पर्छ। यो खबर आजको नागरिक दैनिकमा छ । ​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?