ओली समूहमा लागेका सांसद बोहरालाई निलम्बन गर्ने तयारी

लोकपथ
0
Shares

कैलाली । नेकपा माओवादी केन्द्रले ओली समूहमा लागेको भन्दै सुदूरपश्चिम प्रदेशका सांसद झपट बोहराकलाई निलम्बन गर्ने प्रक्रिया शुरु गरिएको छ । माओवादी केन्द सुदूरपश्चिम संसदीय दलले बोहरा दलमा नरहेको जानकारीसहितको पत्र बिहीवार प्रदेशसभामा दर्ता गराएपछि उनी प्रदेशसभाबाट निलम्बन हुने प्रक्रिया सुरु भएको हो ।

सांसद बोहरा अछाम निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । यसअघि आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका बोहराले साविक नेकपामा फाटो आएसँगै मन्त्री पदबाट राजीनामा दिएका थिए । उनी माओवादी केन्द्र छाडेर एमालेको ओली समूहमा लागेका हुन् ।

माओवादी केन्द्र संसदीय दलका तर्फबाट प्रमुख सचेतक अक्कल रावलले प्रदेशसभा सचिवालयमा उनी दलमा नरहेको सूचना दर्ता गराएको प्रदेशसभा सभामुखको सचिवालयले जानकारी दिएको छ । राजनीतिक दलसम्बन्धी दफा ३४ मा दलमा त्याग गर्ने सदस्य सांसद नहुने व्यवस्था छ ।प्रदेशसभाले अब प्रदेशसभा नियमावली २०७४ को नियम १९० अनुसार उनलाई निलम्बन गर्ने प्रक्रिया थाल्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?