सयभन्दा बढी विद्यार्थीमा ज्वरो फैलिएपछि विद्यालय बन्द गर्ने तयारी

लोकपथ
0
Shares

दोलखा । दोलखाको एक विद्यालयका शिक्षक र विद्यार्थीहरुमा रुघाखोकी र ज्वरो फैलिएपछि विद्यालय बन्द गरिएको छ । जिल्लाको बिगु गाउँपालिका–८ खोपाचाँगुस्थित हिमालय माविका विद्यार्थी, शिक्षकमा रुघाखोकी र ज्वरो फैलिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।१ सय २ विद्यार्थी र ६ शिक्षक रुघाखोकीसहित ज्वरोले थलिएका छन् । केही विद्यार्थीमा समस्या देखिए पनि बिहीवार प्रकोप फैलिएको प्रधानाध्यापक कालु जिरेलले बताए ।

एक साताबाट केहीमा रुघा र ज्वरो देखिएको थियो, उनले भने ‘हामीले सामान्य लियौं, आजबाट अवस्था जटिल हुँदै गयो । ज्वरोको प्रकोप फैलिएपछि केही दिनका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले बताए । उनका अनुसार उपचारका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको खड्काले जानकारी दिए ।

कोरोनासँग मिल्दो लक्षण देखिएको छ, विद्यालय बन्द गरेर विद्यार्थीको निगरानी गर्न भनेका छौं,’ उनले भने, ‘स्वास्थ्यकर्मी परिचालन र परीक्षणका लागि जिल्लासँग सहयोग मागेको अध्यक्ष खड्काको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?