कुखुराको मासुको मूल्य दिन प्रतिदिन वृद्धि हुँदै

काठमाडौं । कुखुराको मासुको मुल्य दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।

अहिले बजारमा कुखुराको मासुको मुल्य प्रतिकेजी ४ सय ५० रुपैँया पुगेको छ ।

कुखुराको चल्ला उत्पादन कम भएपछि एक वर्षको अवधिमा बजारमा मासुको मूल्य दोब्ब्र भन्दा बढीले वृद्धि भएको हो । गत वर्ष वैशाख महिनामा कुखुराको मासुको मूल्य प्रतिकेजी २ सय रुपैँया रहेको थियो ।

नेपालमा प्यारेन्ट माउ आयात गर्नुपर्ने अवस्था छ । प्यारेन्ट माउको पर्याप्त रुपमा आयात गर्न नसक्दा र चल्ला उत्पादन कम हुँदा बजारमा कुखुराको मासुको मूल्य वृद्धि भएको ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?