आजको मौसम पूर्वानुमान : मेघगर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखले आज पहाडी भू–भागमा मौसममा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा शुक्रवारको मौसममा आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

प्रदेश १ र सूदरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बादली र बाँकी भूभागमा आंशिक बदली रहेको अवस्था छ। हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?