२०७८,बैशाख,२९,बुधबार

प्रधानमन्त्री र जसपाबीच छलफल सम्पन्न, निष्कर्ष सकारात्मक भएको सङ्केत


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफल सकारात्मक रहेको बताइएको छ ।

दिउँसो प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच छुट्टाछुट्टै कुराकानी भएको थियो । सो छलफलपछि साँझ पुनःकार्यदलस्तरमा विचारविमर्श भएको हो ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको र सकारात्मक रहेको कार्यदलका सदस्यसमेत रहेका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

जसपाले कारागारमा रहेका सांसद रेशम चौधरीको रिहाइ, टीकापुरलगायत अन्य घटनामा मुद्दा चलेकाको मुद्दा फिर्तालगायतका माग राख्दै आएको छ । कार्यदलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भट्टराई सदस्य छन् । यस्तै जसपाका नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण जसपाकातर्फबाट कार्यदलमा सदस्य छन् ।

प्रकाशित मिति: २०७८,बैशाख,२,बिहीवार २१:५७


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले वैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शीर्ष नेताबीच छलफल गरेको छ । ललितपुरको बालकुमारीस्थित

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गण्डकी प्रदेश प्रमुख

काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले आफूहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रोक्न राजीनामा दिनुपर्ने बताएका छन् ।

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । बुधवार गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्ती