काठमाडौं – ८ वर्षअघि भएको अप्राकृतिक मैथुनको घटनामा संलग्न आरिफ जागा पक्राउ परेका छन् ।
२०६९।०९।२१ गते बढैयाताल गाउँपालिकामा भएको अप्राकृतिक मैथुनको घटनामा संलग्न सोही ठाँउ बस्ने बर्ष २७ को आरिफ जागा घटना पश्चात् फरार रहेकोमा प्रहरीले उनलाई १८ वर्षपछि पक्राउ गरेको हो ।
बर्दिया जिल्लाको बाँसगढीमा रहेको काठमिलमा आफ्नो नाम ठेगाना लुकाई काम गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको टोलिले जागालाई पक्राउ गरेको हो ।
उनलाई ७५ सालमा बर्दिया जिल्ला अदालतको फैसलाले मुद्दामा ८ वर्ष कैद र उच्च अदालत नेपालगञ्जको फैसलाले थप १ वर्ष समेत गरी ९ वर्ष कैद सजाय तोकेको थियो ।
कसुरदार जागा ८ वर्षसम्म सुर्खेतका विभिन्न काठ मिलमा काम गर्दै पछिल्लो समयमा बर्दियाको बाँसगढी क्षेत्रको काठमिलमा काम गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया