बालुवाटारमा प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटघाट भएको छ ।

बिहीवार दिउँसो भएको भेटघाटमा दुवै पक्षका वार्ता टोलीको समेत सहभागीता रहेको थियो ।

भेटघाटका क्रममा जसपाले सरकारसँग राखेका माग पूरा गर्नेबारे भइरहेको प्रगतीबारे समिक्षा भएको स्रोतले जनाएको छ ।

ओली नेतृत्वको सरकारमा सहभागी हुने वा विकल्प खोज्ने भन्ने विषयमा जसपाभित्र दुई धार देखिएको छ । अध्यक्ष ठाकुर, राजेन्द्र महतो लगायत नेताहरु सरकारमा जाने पक्षमा छन् भने डा. बाबुराम भट्टराई र उपेन्द्र महतो लगायतका नेताहरु भने ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने पक्षमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?