काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ९० मा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा बितेको २४ घण्टामा १५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ६६ पुगेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६८ रहेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ८४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार ३ सय ८४ रहेका छन् ।
त्यस्तै नेपालमा हालसम्म २३ लाख २९ हजार ५७४ जनाको पीसीआर नमूना परीक्षण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया