काठमाडौं । नेपालमा पहिलो पटक फ्रेन्चाईजी फुटबल लिग थालनीको क्रममा धनगढी एफसीले नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङलाई आइकोनिक खेलाडीको रूपमा सार्वजनिक गरेको छ।
बुधवार सम्पन्न भएको पत्रकार सम्मेलन मार्फत धनगढी एफसीले किरणलाई अनुबन्धन गरेको जानकारी दिएको छ।
भारतको आईलिगमा पंजाबबाट खेल्दै आएका किरण गत सिजन आइलिगकै सर्वोश्रेष्ठ खेलाडी घोषित भएका थिए । करिब ५ वर्षपछि घरेलु लिग खेल्न लागेका किरणको नेतृत्वमा नेपालले भर्खरै सम्पन्न थ्री नेसन्स कपको उपाधि जित्न सफल भएको थियो।
एन्एस्एलको पहिलो संस्करणका लागि धनगढीले अनुबन्धित गरेको किरण पहिलो ठूलो नाम भने होइनन्। मार्की खेलाडीमा विशाल राई, मुख्य प्रशिक्षकमा तोपे फुजा र प्रशिक्षकमा पूर्व राष्ट्रिय टोलीका सदस्य तथा एएफसीको ए लाईसेन्स होल्डर युगल किशोर राईपनि धनगढी एफसीको डगआउटमा देखिने छन्।
नेपाली फुटबल जगतमा नयाँ अध्याय कोर्न गइरहेको खुकुरी एन्एस्एल यही वैशाख ११ गते देखि दशरथ रंगशालामा शुरु हुँदै छ, जसको पहिलो खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया