आईपीएल : दिल्ली र राजस्थान भिड्दै, कसले मार्ला बाजी ?

लोकपथ
0
Shares

आर्जब घिमिरे /काठमाडौं । आईपीएल २०२१ मा बिहीवारको खेलमा दुई युवा विकेट किपर कप्तान आमने सामने हुने भएका छन् । मुम्बईको वाँखेडे मैदानमा आज साँझ ७:४५ बजे शुरु हुने सो खेलमा राजस्थान रोयल्स आफ्नो मुख्य तथा अनुभवी खेलाडी बेन स्टोक्स बिनानै मैदानमा उत्रिने छ।

पहिलो खेलमा चोट बेहोरेका स्टोक्स आईपीएल २०२१ बाट बाहिरिएका छन् । पंजाबविरुद्धको खेलमा कप्तान सञ्जु स्यन्सनको उत्कृष्ट शतकीय पारिको बावजूद ४ रनले मार खाएको राजस्थान आज बद्लाको मनसाय लिएर मैदान प्रवेश गर्नेछ।

Highlights, IPL 2020: Clinical Delhi Capitals beat Rajasthan Royals by 13 runs to go top of table | Cricket News – India TV

उता दिल्लीको कप्तानी सम्हालेका ऋषभ पन्तले आफ्नो पहिलो खेलमै चेन्नईविरुद्ध ७ विकेटको शानदार जीत निकाल्न सफल भएका थिए। केही वर्षअघि आफ्नो पहिचान गुमाइसकेको दिल्लीको टोलीले पछिल्लो समयमा आफूलाई युवा ब्याटिङ प्रतिभाको स्रोत बनाउन सफल भएको छ ।

दिल्लीले दक्षिण अफ्रीकी तेज गतिका बलर आनरिच नर्टयालाई भने आजको खेलको लागि पनि गुमाउने निश्चित रहेको छ। कोभिड-१९ को रिपोर्ट ढिला आउँदा आनरिचले आजको खेल खेल्न नपाउने भएका हुन् तर २०२० संस्करणका सर्वाधिक विकेट टेकर दक्षिण अफ्रीकी तेज बलर कागीसो रबाडा भने आजको खेलका लागि छनोटमा छन् ।

RR vs DC Dream11 Match Prediction | 23RD IPL 2020 | Rajasthan Royals vs Delhi Capitals Dream11 Fantasy Cricket Tips: Playing XI, Pitch Report & Injury Update – IPL 2020 - Dream11Tadka

प्रतियोगिताको शुरुवाती दिनमै जोफरा आर्चरलाई गुमाएको राजस्थानलाई भने बेन स्टोक्सको कमीले अझै ठूलो प्रभाव पार्ने छ। सञ्जु स्यामसनको राजस्थान रोयल्सले ऋषभ पन्तको दिल्ली डियरडेभिल्स माथि आफ्नो पकड जमाउन पछिल्ला ५ खेलको नतिजालाई बिर्सेर नयाँ शुरुवात गर्नुपर्ने देखिन्छ। पछिल्ला ५ खेलहरु सबै दिल्लीको नाममा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?