ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ६० हजार नाघ्यो

लोकपथ
0
Shares

काठमाडौं । ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना संक्रमणका कारण ३ हजार ४५९ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार ८८४ पुगेको छ ।

गत २४ घण्टामा ब्राजिलमा ७३ हजार ५१३ थप व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएपछि कुल संक्रमितको संख्या एक करोड ३६ लाख ७३ हजार ५०७ जना पुगेका अन्तर्रष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ब्राजिलको साओ पाउलो शहर कोरोना भाइरसको कारण अति प्रभावित भएको छ । त्यहाँ कोरोना भारइसको माहामारी शुरु भएदेखि हालसम्म २६ लाख ८६ हजार ३१ जना संक्रमित भएका छन् भने संक्रमणबाट ८५ हजार ४७५ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा जनवरी १७ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म तीन करोड २१ लाख ५० हजार व्यक्ति खोप लगाएका छन् ।

ब्राजिलमा गत जनवरीदेखि कोरोना नयाँ लहर देखिएको र देशका धेरै राज्यको स्वास्थ्य सेवा प्रणालीहरुमा अधिक भार परेको जनाइएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?