२०७८,जेष्ठ,१,शनिवार

दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना


काठमाडौं । प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिनाअघि स्थापना भएको बैंकको आज (बिहीवार) नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय शुभारम्भ गरिएको हो । बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्यका साथ बैंक स्थापना गरिएको जानकारी दिए । उनका अनुसार दुई अर्ब लगानीमा बैंक स्थापना गरिएको हो ।

बैंकमा हालसम्म ५९० प्रमोटर शेयर सदस्य छन् । उक्त संख्यालाई बढाएर एक हजार जना बनाउने तयारी भइरहेको छ । आवश्यक मापदण्ड पूरा गरी छिट्टै सर्वसाधारणका लागि आइपिओ जारी गर्नेसमेत तयारी भएको अध्यक्ष उप्रेतीले जानकारी दिए । “हामीले कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैंक स्थापना भएको हो । बैंकमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्छौँ । किसानसँग सहकार्य गर्दै उत्पादन बढाउँछौँ”, उनले भने ।

बैंकले पहिलो चरणमा २३ जिल्लामा चालु आर्थिक वर्षभित्रै कृषि उत्पादनको काम शुरु गर्ने तयारी गरेको छ । जसका लागि तराईका विभिन्न जिल्लामा ६०० बिघा जग्गा भाडामा समेत लिइसकेको छ । जसमा कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देहीसहित १३ जिल्लामा जग्गा लिएर उत्पादन शुरु गरिसकेको छ भने झापा, मोरङ, सुनसरीलगायत जिल्लामा थप जग्गा लिने तयारी पूरा भएको जनाइएको छ । खाद्य बैंक स्थापना गर्नुको मुख्य उद्देश्य कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र प्राङ्गारिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने रहेको जनाइएको छ ।

प्रकाशित मिति: २०७८,बैशाख,२,बिहीवार १४:५२


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको छ ।

कमला अर्याल/काठमाडौं – गत वर्ष कोरोना संकटमा परेका ऋणीलाई राहत प्याकेज ल्याएर प्रशंसा बटुलेको नेपाल राष्ट्र बैंकले यसपटक कस्तो प्याकेज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले खुद

कमला अर्याल/काठमाडौं- नेपालमा कोरोना संक्रमण बढेसँगै सानादेखि ठूला व्यवसाय उठ्नै नसक्ने गरी थला पर्न थालेको छ । कोरोनाको पहिलो लहरबाटै

कुहिने फोहोरबाट मल उत्पादन
 २०७८,जेष्ठ,१,शनिवार १०:४७