झापा । कोरोना संक्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको निधन भएको छ । उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो ।
विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी पर्नुभएका उनमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको गए राति मृत्यु भएको हो । उनी विगत दुई वर्षदेखि काठमाडौंको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया