एम्बुलेन्स दुर्घटनामा परि एक जनाको मृत्यु

RSS
0
Shares

झापा । पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका–११ मा आज (बिहीवार) बिहान भएको एम्बुलेन्स दुर्घटनामा परि चालक २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको छ ।

काठमाडौंबाट इलाम बिरामी पुर्‍याएर फर्किने क्रममा बा २१ च ७९८४ नंको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा ललितपुर गोदावरी नगरपालिका–७ बस्ने घिमिरेको मृत्यु भएको हो ।

एम्बुलेन्स दुर्घटना हुँदा उनीसँगै सवार सोही वडाका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते भएका छन् । दुवैलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पतालमा लगिएको थियो । घिमिरेको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ भने घाइते तामाङको विएण्डसीमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?