भारतमा एकैदिन थपिए २ लाख बढी संक्रमित

लोकपथ
0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा २ लाख बढीमा कोरोना संक्रमण र एक हजार भन्दा बढीको मृत्यु भएको छ । त्यहाँ २ लाख ७ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ४० लाख ७४ हजार २ सय ७४ पुगेको छ ।

कोरोना शुरु भएयता भारतमा पहिलोपटक एकैदिन दुई लाख भन्दा धेरै संक्रमित थपिएका हुन् । योसँगै कोरोनाले धेरै असर गरेका देशहरुमध्ये भारत दोस्रो बनेको छ । अमेरिका पहिलो नम्बरमा छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट थप १ हजार ३८ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १२३ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा हालसम्म १ करोड २४ लाख २९ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजार ८७७ रहेको छ ।

भारतमा हालसम्म ११ करोड ४४ लाख ९३ हजार २३८ जनालाई कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?