जुडशितल पर्वको अवसरमा प्रदेश २ मा आज सार्वजनिक बिदा

काठमाडौं । प्रदेश २ सरकारले आज (बिहीवार)प्रदेश २ भर सार्वजनिक बिदा दिएको छ । प्रदेश २ मा मनाइने जुडशितल पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सार्वजनिक सूचना जारी गर्दै बिदा दिइएको जनाएका छन् ।

तराईका विभिन्न जिल्लाहरुमा जुडशितल पर्व मनाइन्छ । आफूभन्दा ठूला व्यक्तिले सानालाई टाउकोमा पानी छर्किदै आशिर्वाद दिएर जुडशितल पर्व मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?