कोरोना संक्रमणबाट पर्सा, बाँके र मोरङ गरि ३ जनाको मृत्यु

लोकपथ
0
Shares
फाइल फोटो

काठमाडौं । पर्सा, बाँके र मोरङ गरि ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पर्साको वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ४२ वर्षीया महिला चैत २९ गते अस्पताल भर्ना भएकी थिइन्। सोही दिन गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ती उपचाररत महिलाको आज विहान ८ः १६ मा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

यस्तै मोरङको वीराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज विहान साढे ४ बजेतिर मृत्यु भएको हो ।

यस्तै कोरोना संक्रमणबाट बाँकेका ४२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?