कर्णाली प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठक २ बजे बस्दै

लोकपथ
0
Shares

सुर्खेत । कर्णाली प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो दुई बजे बस्दैछ । बैठकले भोलि दिउँसो बस्ने प्रदेशसभा बैठकका एजेण्डा तय गर्न परामर्श समितिको बैठक बोलाइएको हो ।

नेकपा एमालेका नेता दलबहादुर रावलका अनुसार, बैठक दिउँसो दुई बजे बोलाइएको छ । यो प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध एमालेले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । दोस्रो पटक पेश भएको अविश्वासको प्रस्तावको डटेर सामना गर्ने मुख्यमन्त्री शाहीले बताउदै आएका छन् ।

कर्णली प्रदेश सभामा एमालेका २०, माओवादीका १२ कांग्रेसका ६ र राप्रपाका १ सदस्य छ्न् । ४० सदस्यीय प्रदेश सभामा माओवादीका धर्मराज रेग्मी पदमुक्त भइसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?