गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै

लोकपथ
0
Shares
sfg”gL kqsfl/tf cled’vLs/0f sfo{qmdkf]v/f, @^ k’; M ;+;bLo kqsf/ d~r u08sL k|b]zsf] cfof]hgf Pjd d’Vo GofoflwjQmfsf] sfof{nosf] ;xof]udf zlgaf/ kf]v/fdf cfof]lht sfg”gL kqsfl/tf cled’vLs/0f sfo{qmddf af]Nb} u08sL k|b]zsf d’VodGqL k[YjL;’Aaf u’?ª . t:jL/M xl/ afF:tf]nf÷/f;;

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृत्वीसुब्बा गुरुङ विरुद्ध आज विपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् ।

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै विपक्षी दलहरुले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा जुटेका छन् । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हिजो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएपछि विपक्षी दलहरू आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन्।

राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको छ। गण्डकी प्रदेश सभामा रहेका ६० जना सांसदमध्ये स्वतन्त्र सांसद दीपक मनाङेसहित एमालेका २८ जना सांसद छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?