भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल

RSS
0
Shares

झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका सिल गरिएको छ ।

भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका आज बिहान ६ बजेदेखि ७२ घण्टा लागि सिल गरिएको हो । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए । उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?