अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकारी पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकामा अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकारी पक्राउ परेकी छन् । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा ती अश्वेत युवकमाथि ती प्रहरी अधिकारीले गोली चलाएकी थिइन् ।मिनिसोटामा भएको यो घटनामा संलग्न प्रहरी अधिकारी किम पोटरलाई पक्राउ गरिएको हो । उनीमाथि गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाउने तयारी भइरहेको छ ।

सो मुद्दा अनुसार उनी दोषी ठहर भएमा बढीमा १० वर्ष कैद र २० हजार डलरसम्म जरिवाना हुन सक्ने बीबीसीले जनाएको छ । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरी अधिकारीको हातबाट गोली चल्दा २० वर्षीय डन्टे राइटको मृत्यु भएको थियो ।

उनलाई हत्कडी लगाउन खोज्दा प्रहरीसँग घम्साघम्सी भएको थियो । त्यही क्रममा दुर्घटनाबस गोली चलेको प्रहरीले जनाएको थियो । यो घटनापछि प्रहरी प्रशासनविरुद्ध स्थानीय प्रदर्शनमा उत्रिँदा तनाव भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?