कोभिसिल्ड खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि ११ गतेसम्म लगाइने

लोकपथ
24.6k
Shares

काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएकाहरुलाई वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज खोप लगाइने भएको छ ।

पहिलो चरणमा खोप लगाएका सरसफाइकर्मी,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी, पत्रकार, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुका लागि दोस्रो डोज खोप लगाइने भएको हो । दोस्रो चरणको खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दोस्रो चरणको खोप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज,.हिमाल अस्पताल ज्ञानेश्वरमा लगाइनेछ ।

त्यसैगरी, हिमाल अस्पताल, ह्याम्स अस्पताल, त्रि.बि.बि. शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बिरेन्द्र अस्पताल, नेपाल शशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, आम हस्पिटल एण्ड रिसर्च सेन्टर, क्षेत्रपाटी निशुल्क चिकित्सालय, जनमैत्री अस्पताल र मदरल्याण्ड अस्पताल जडिबुटीमा लगाइने जनाइएको छ ।

पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप ४ लाख ३८ हजार ८ सय ७९ जनामा लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?