२०७८,बैशाख,२९,बुधबार

सिरानीमुनी के राख्ने ? वास्तुशास्त्र भन्छ – यी कुरा राखेर सुत्दा हुन्छ फलिफाप !


काठमाडौं । तपाई वास्तुशास्त्रमा कत्तिको विश्वास गर्नुहुन्छ ? कहिलेकाहीँ हामीले चाहँदाचाहँदै पनि जीवन सोचजस्तो चाहेजसरी चलाउन मिल्दैन । सम्पूर्ण खर्च लगाउँदा पनि काम बन्नुको साटो बिग्रँदै जान्छ । एकातिरबाट मिलाउँदै गयो अर्कोतिरबाट खस्किँदै जान्छ ।

वास्तुशास्त्रका अनुसार तपाईले सिरानीमुनि के कुरा राखेर सुत्नुहुन्छ भन्ने कुराले पनि तपाईको जीवनसँग अर्थ राख्छ । यो प्रश्न गरेका धेरैले जवाफमा भन्छन्, ‘मेरो सिरानीमा २, ४ पैसा छ होला’ अनि केही महिलाले जवाफ दिन्छन् – ‘कपाल बाँध्ने रबर’ कतिपयले भन्छन्, ‘सजिलो लाग्ने भएकोले सिरानीमा मोबाईल राखिन्छ ।’ तर त्यसो होइन ।

वास्तुशास्त्रका अनुसार तपाईले आफ्नो सिरानीमुनि केही महत्वपूर्ण चीज राखेर सुत्दा तपाईको विपत्ति दुर हुन्छ । र, जीवनमा नया नयाँ ढोकाहरु खुल्नेछन् । यसर्थ आजै राम्रो कामको शुरुवात किन नगर्ने ?

राति सुतेको समयमा सिरानीमुनि गीता हुनु राम्रो हुन्छ ।

राति सुत्ने समयमा सिरानीमुनि मुला राखेर सुत्ने र भोलिपल्ट बिहान उठेपछि उक्त मुला शिवलिंगलाई चढाउनाले राहुको दोष निवारण हुन्छ ।

कतिपयले हनुमान चालिसा राख्न पनि सुझाएको पाइन्छ ।

तामाको भाँडामा पानी राखेर बिहान उठ्नासाथ उक्त पानी पिउनुहोस् । बचेको पानीलाई कुनै गमलामा हाल्नाले तपाइको मनोकामना पूरा हुन्छ ।

लसुनमा हुने भोल्टाइल तेलको गन्धले शरीरमा गर्मी पैदा गर्छ । यसले रुघा तथा सर्दीको समस्या हटाउँछ ।

फलामजन्य उपकरणः तपाईको सिरानीमा फलामजन्य उपकरण राख्नुहोस् ।

सिरानीमुनि फूल राख्दा पनि राम्रो हुन्छ ।

दक्षिण दिशामा शिर अनि उत्तर दिशामा गोडा पारेर सुत्नु सर्वोत्तम मानिन्छ । यदि यसरी सुत्नुभयो भने धेरै बिमारी लाग्न पाउँदैनन् ।

हामीले दक्षिणतिर शिर पारेर सुत्दा यो ऊर्जा हाम्रो शिरबाट पसेर गोडाको बाटो हुँदै निस्कन्छ ।

पति–पत्नीबीचको सम्बन्धमा छटपट छ भने मंगलवारको राति मुङको दाललाई कुनै हरियो रंगको कपडामा बाधेर सिरानीमुनि राखेर सुत्नुहोस् र बिहान उठेर उक्त कपडा कुनै कन्यालाई दान गनुस् वा दुर्गा मन्दिरमा चढाउनुहोस् ।

शुभरात्री ।

 

प्रकाशित मिति: २०७८,बैशाख,१,बुधबार २१:३१


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुदा गुरुवर्ग तथा आफन्तहरु खुशि

काठमाडौं – मानिस एउटा चाह राख्छ, त्यो पूरा गर्न हरसम्भव कोशिस गर्छ । भगवानसँग प्रार्थना गर्छ । उसको माग सूनुवाई हुन्छ

काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि

काठमाडौं – श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पनि पर्दैन । श्वासप्रश्वास मानव