भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण भएको छ । उनले आज (बुधवार) ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

उनले ट्वीटमा लेखेका छन् , ‘लक्षणहरू देखिना साथ मैले कोरोना जाँच गरे र मेरो रिपोर्ट पोजिटिभ आयो । म अहिले आइशोलेसनमा छु र चिकित्सकहरूको परामर्श पूर्ण रूपमा पालना गर्दैछु। म सबै कामहरु भर्चुअलरुपमै सम्पादन गर्दैछु ।’

भारतमा कोरोना भाइरसको संक्रमणको दोस्रो लहर शुरु भएसँगै दैनिक तीव्ररुपमा संक्रमित थपिदै गएका छन् । गत २४ घण्टामा त्यहाँ १ लाख ८४ हजार भन्दा बढीमा कोरोना संक्रमण र १ हजार २७ जनाको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?